२०७५ बैशाख २३,काठमाडौँ। केहि दिन पहिले भारतको दिल्लीमा ६५ औं नेशनल अवार्ड महोत्सव कार्यक्रम सम्पन्न भएको थियो जहाँ चर्चित नायिका श्रीदेवीलाई मरणोपरान्त दिइएको उत्कृष्ट नायिकाको अवार्ड दिइने कार्यक्रम रहेको थियो ।
उक्त कार्यक्रममा श्रीदेवीको अवार्ड ग्रहण गर्न उनका पति बोनी कपुर, छोरीहरु जान्ह्वी र खुसी पुगेको थिए । श्रीदेवीले उक्त अवार्ड उनको अन्तिम चलचित्र ‘मम’ का लागि पाएकी थिइन् ।
उक्त अवसरमा श्रीदेवीकाी ठुली छोरी जान्ह्वीले आमा श्रीदेवीले पहिले लगाएको साडी लगाएर कार्यक्रममा उपस्थित भएकी थिइन् । नायिका श्रीदेवीले उक्त साडी सन् २०१२ को जूनमा साउथ इन्डियन फिल्मका सुपरस्टार रामचरणको विवाहमा लगाएकी थिइन् । सायद जान्ह्वीले आमाको सम्मानको लागी आमाकै साडि लगाएर कार्यक्रममा गएको हुनुपर्छ ।