गायिका कमला श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा विशेष सांस्कृतिक कार्यक्रम

392

२०७५ बैशाख २३,काठमाडौँ।  ‘परदेशी दाजु आँगनीमा दिनु हुन्न बास, ‘सहिदिन्छु कुट बरु, वचनले नमार’ जस्ता लोकप्रिय गीतकी गायिका कमला श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ गायक गणेश रसिकले गायिका श्रेष्ठको स्मरण गर्दै भन्नुभयो, “उहाँ खानामा एकदमै सौखिन र सधैँ हाँसिरहने स्वभावकी हुनुहुन्थ्यो ।”

गायिका श्रेष्ठ र आफूले स्वदेश तथा विदेशमा थुप्रै प्रस्तुति सँगै गर्ने अवसर पाएको रसिकले बताउनुभयोे । सांस्कृतिक संस्थानमा गायिका श्रेष्ठको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

उक्त अवसरमा वरिष्ठ कलाकार वसुन्धरा भुसालले गायिका श्रेष्ठ र आफू बाल्यकालदेखिकै संगी भएको भन्दै आफूहरुले कलाकारिता शुरु गर्दा परिवारसँग गर्नुपरेको संघर्षको स्मरण गर्नुभयो । उहाँले गरिबीकै कारण श्रेष्ठले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो ।

Comments

comments