२०७५ बैशाख २४,काठमाडौँ।
नेपाल साहासिक जलयात्राको लागि विश्वभर प्रसिद्व ठाउँ हो र नेपालका हिमाली नदीनालाहरु जलयात्रा अर्थात राफ्टिंगको लागी उपयुक्त मानिन्छ। जस्तै पश्चिम सेती , कर्णाली , कालिगण्डकी, मर्स्यांदी , त्रिसुली, उपल्लो र तल्लो भोटेकोशी , तमोर लगायतका नदीहरुमा राफ्टिंगका लागि त झन अझ विशेष नै मानिन्छ।
काठमाण्डौबाट नजिकको दुरीमा रहेका त्रिसुली र भोटेकोशी नदि उपत्यकाबासीको प्रमुख गन्तब्य हो ! गर्मि बढे संगै यी नदिहरुमा जलयात्रा गर्न नेपालि पर्यटकको संख्या दिनानुदिन बढ्दै छ ।
सिन्धुपाल्चोकको टुनिबोटे स्थित राफ्टिंग स्टार रिसोर्टका संचालक दिपक राइ का अनुसार यसपाली फागुपुर्णिमा देखि नै नेपालि पर्यटकको भोटेकोशीमा चाप बढीसकेको छ।
राफ्टिंग स्टार रिसोर्टले मात्र हप्तामा करिब ३०० जना नेपालीलाइ राफ्टिंग गराउदै आएको संचालक दिपक राइ बताउछन ।आन्तरिक पर्यटकको राफ्टिंग प्रतिको मोहले आन्तरिक अर्थतन्त्रलाइ बलियो बनाउन महत्वपुर्ण भूमिका निर्बाह गरेको छ।
तर, आजकाल नदीकिनारबाट बालुवा /गिट्टी जस्ता निर्माण सामाग्री निकाल्ने काम तिब्र रहेकोले जलयात्रामा केहि कठिनाइ भएको पनि संचालक दिपक राइले बताए।
तस्विर: सरोज बस्नेत