‘मुम्बई एक्सप्रेस’बाट प्रभावित भएको ‘झमक बहादुर’- ट्रेलर

594

२०७५ बैशाख २४,काठमाडौँ। यूवी फिल्मस् ग्यालरी र दियालो इन्टरतेंमेंटको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘झमक बहादुरको’ ट्रेलर सार्वजनिक भएको छ। सोम्बार राजधानीमा आयोजित एक पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

मिन कुमार तामाङको निर्देशनमा तयार भएको यस चलचित्रको कथा नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबिचको द्वन्द्वात्मक कमेडी कथाबस्तु समेटिएको निर्माण युनिटले बताएको छ । तर, चलचित्रको ट्रेलर हेर्दा नेपाली समाजको वास्तवीक कथा नभएर सन् २००५* मा कमल हसनले चढेर थोत्रो बनाएको र बलिउडमा समेत सुपर फ्लप भएको चलचित्र ‘मुम्बई एक्सप्रेस’ बाट प्रभावित भएको पाइन्छ। अर्थात् यस चलचित्रको ट्रेलर पूराका पूरा यानिकी डिटो ‘मुम्बई एक्सप्रेस’को नक्कल छ ।

अनुपबिक्रम शाही स्टारर चलचित्रको ‘आमैले भन्थे धाराको पानि’ बोलको गीत दर्शक श्रेतामाझ हिट भएपछी चलचित्र निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको बताएको थियो। तर, चलचित्र‘झमक बहादुर’को ट्रेलर हेर्दै गर्दा जो कोहि दर्शकले ‘मुम्बई एक्सप्रेस’लाई सम्झिन्छन । किन भने यस चलचित्रको कथासार, पात्र र कमेडी ‘झमक बहादुर’मा पनि दुरुस्तै नक्कल गरिएको पाइयो। त्यस्तै चलचित्रको ट्रेलर हेरिसकेपछि चलचित्र युनिट र केहि पत्रकारहरु विच दोहोरो बादविवाद भएको थियो।

ह्वेनूस ट्रेलर:

Comments

comments