डमरुको डण्डीबियो- माैलिक स्वादकाे बेजाेड चलचित्र

803

२०७५ बैशाख २४,काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा एउटा पृथक विषयमा निर्माण भएको चलचित्र हो ‘डमरुको डन्डिवियाे’। खेलमा अाधारित भएर निर्माण गरिएको यस चलचित्रको नामैले माैलिक छ अर्थात नामै काफी छ।

नयाँ स्वादका चलचित्र पस्कन सक्ने खुवी छ त केबल खगेन्द्र लामिछानेमा छ। टलकजङ भर्सेस टुल्के र पशुपतिप्रसाद जस्ता सुपरहीट चलचित्रमा अभिनय गरिसकेका खगेन्द्र लामिछानेले डम्मरूकाे डन्डिबियाेमा अाफ्नाे अभिनयकाे साखलाई अझै उच्च बनाएका छन्। त्यस्तै अनुप बराल (हेडसर याेगेन्द्र), बुद्धि तामाङ (मुखिया ) मेनुका प्रधान (माला) लक्ष्मी बर्देवा (निर्मला) असान्त शर्मा (कासीराम) लगायतकाे अभिनयलाई देख्न सकिन्छ।

फरक सपना बाेकेकाे एउटा स्नातकोत्तर पात्र डम्बर अर्थात (डम्मरू)काे कथा छ चलचित्रमा। लाेप भईसकेकाे खेल ‘डन्डिबियाे’,यस खेलकाे पुनर्विकासकाे निम्ति एउटा पात्रकाे सङ्घर्ष र सफलताका क्षणहरूलाई सरल तरिकाले प्रस्तुत गरिएकाे छ। यस चलचित्रकाे मुख्य पात्र ‘डम्मर’ले डन्डिबियाे खेलकाे बिकासकाे लागि लाेकसेवाकाे तयारी छाेडेर गाउँ फर्किन्छ। उ्स्काे सपना पूरा गर्न बाबू ,प्रेमिका र साथी काेही पनि तयार हुदैनन। अाफ्नै बाबू (याेगेन्द्र) सँगकाे ताेडमा हारेपछि डम्मर शहर फर्किन्छ। त्याे हारकाे कारक उस्ले अाफ्नै प्रेमिका ठान्छ। बाबू छाेराकाे खेल युवट्युबमा भाईरल भएपछि परिस्थिति बदलिन्छ र एकाएक राष्ट्रिय रूपमै डन्डिबियाे खेल प्रतियोगिता अायाेजना हुन्छ। डन्डिबियाे खेलको  प्रतियोगिता अायाेजना हुनेभेपछी पुन: छाेरा, प्रेमी, प्रेमिका सबैकाे मिलन भएसंगै डम्बरू टीमकाे विजय हुन्छ।

छेतन गुरूङ निर्देशित यस चलचित्रले खेलमा प्रेमकाे महत्त्व कति छ भन्ने कुरालाई पनि उठाईएकाे छ। डम्बर र माला बीचकाे प्रेम र प्रेममा अाउने उतारचढावका दृश्यहरू यस चलचित्रका सुन्दर पक्ष हुन भने कासीराम र याेगेन्द्र बीचकाे अप्रत्यक्ष टकराव निकै मार्मिक लाग्छ। मुखियाकाे जीवनशैली ,निर्मलाकाे ‘ईनाेसेन्ट’ पाराले पात्रहरूकाे सम्वन्धकाे रङ्ग रङ्गीन देखिन्छ। पात्रहरू बीचका चाेटिला बार्तालापले मन छुन्छन। अभिनयकाे हिसाबमा पात्रहरू एकसय एक अब्बल छन्।

पछिलो समयका चलचित्रहरु हुन् या त पहिले नै निर्माण भैसकेका चलचित्रहरु हुन्, नेपालमा खेल बिधामा अाधारित रहेर प्राय: कमै चलचित्र निर्माण हुन्छन। डन्डिबियाेमा अाधारित कथामा चलचित्र बन्नु पक्कै सकरात्मक कुरा हाे। याे चलचित्रमा
अझै मिहेनत गर्न मिल्ने ठाउँहरू बाकी छन। प्रशिक्षणका दृश्य ,खेलका दृश्यहरू केही लामा लाग्छन। समग्र रुपमा भन्नुपर्दा चलचित्र राम्रो छ। हरि हुँमागाइकाे सिनेमाटाेग्राफी तारिफयाेग्य छ। सम्पादन ठीकठाक छ। पार्श्व गायन र सँगीत स्वभाविक छ।

Comments

comments