चर्च ब्वाइज फाइनलमा

68

२०७५ बैशाख २५,पाँचथर। चर्च ब्वाइजले पाँचथरको कुम्मायक गाउँँपालिकास्थित यासोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइलन खेलमा एकता फुटबल क्लब मोरङलाई एकका विरुद्ध चार गोलले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम दुईको यात्रा तय गरेको हो ।

अव उपाधि भिडन्तमा काठमाडौँका दुई क्लब, चर्च ब्वाइज र सुन्धारा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

एकता क्लबको तुलनामा बलियो देखिएको चर्च ब्वाइजको जितमा निरज बस्नेतले ह्याट्रिक गरे । उनले खेलको १४ औँ, ६२ औँ र ७२ औँ मिनेटमा गोल गरे । अर्काे गोल भने खेलको ३८ औँ मिनेटमा भुवन बस्नेतले गरे ।

एकता क्लबका लागि खेलको ५४ औँ मिनेटमा सौजन याख्खाले सान्तवना गोल गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका निरज बस्नेत घोषित हुँदै रु पाँच हजार प्राप्त गरे ।

यसअघि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक रानिगुफा सेवा समाजलाई शुन्य विरुद्ध आठको फराकिलो गोल अन्तरले पराजित गर्दै सुन्धारा स्पाटिङ क्लब फाइनल चरणमा प्रवेश गरिसकेको छ । यी दुई क्लबबीचको फाइनल भिडन्त बुधबार हुनेछ ।

भारत र नेपालका आठ समूहको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार १११ र दोस्रो हुने समूहले ट्रफिसहित रु एक लाख ५५ हजार प्राप्त गर्नेछ ।

Comments

comments