प्रमद्वारा डा देवकोटाको स्वास्थ्य लाभको कामना

90

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । पित्त थैलीको क्यान्सर रोगले थलिनु भएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहनु भएको छ ।

प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

Comments

comments