छायांकनमा ‘प्रेमलिला’, लभ गर्लबाट किन बनिन् दिपशिखा मुण्डन गर्ल ?

517

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २५,काठमाडौँ। चलचित्र ‘प्रेमलीला’को अहिले धमाधम छायांकन भैरहेको छ । फिल्ममा समाबेश ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको केहि दिन अगाडी पोखरामा छायाँकन सकिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् उक्त गीतमा नायिका दिपशिखा खड्का र नायक अली खान फिचरिङ्ग छन् ।

छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसनको स्वर समावेश छ। चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्काले चलचित्रमा हिन्दी गीत कथाको माग अनुसारनै राखिएको निर्माण पक्षले बताए। पहिलो पल्ट नेपाली चलचित्रमा अभिनय गर्न पाउदा निकै खुशी लागेको नायक अली खानले बताए। खान बलिउड अभिनेता हुन् जसलाई चलचित्रको कथा अनुसार हिन्दी बोल्नसक्ने पात्रलाई न्याय दिलाउन आफुहरुले ईन्डियादेखी नेपाल ल्याएको नायिका तथा निर्मात्री खड्काले बताइन्।

पोखरा छायांकन सकेर राजधानीमा छायांकन गर्ने भनिएको फिल्मको यतिबेला हामीले नायिका तथा निर्मात्री दीपशिखाको कपाल मुण्डन गरेको अबस्थामा भेटाएका थियाै। हामीले फिल्मको छायांकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘यो मुण्डनको रहस्य भन्न मिल्दैन, तर केहि समयपछि तपाँईहरुले आफै थाहा पाउनु हुनेछ । उनको यो भनाईले के प्रस्ट हुन्छ भने मुण्डनको राज कि त स्वयंम उनलाई नै थाहा छ, कि आउने दिनमा नै थाहा हुने नै छ ।

नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र ‘प्रेमलीला’लाई निर्देशक जनक पाण्डे ले निर्देशन गर्दैछन । पवन गौतमको फिल्ममा छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ भने राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ । प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।

Comments

comments