”गरिबीले जन्माएको बाल भिखारी”

1432

ठाउँ एउटै, बाटो एउटै तर गन्तव्य फरक । जिन्दगी एउटै तर जीवनशैली फरक । त्यसैले त यहाँ कोही भिख माग्नेहरू भेटिन्छ्न्, कोही भिख माग्न लाउँनेहरू भेटिन्छन् त कोही दान गर्नेहरू पनि भेटिन्छन् ।

म १३ बर्षको थिए, आमासँग तरकारी किन्न हटिया जादै गर्दा सडक पेटीमा पैसा मागिरहेका मैरै उमेरमा दूईटा केटाहरूलाई देखें । तिनीहरूलाई देखेपछि मनभरी जिज्ञाशा पलाए, “तिनीहरूका बाआमा कहाँ होलान् ?”, “तिनीहरू घरबाट भागेका पो हुन् कि ?

म १३ बर्षको थिए, आमासँग तरकारी किन्न हटिया जादै गर्दा सडक पेटीमा पैसा मागिरहेका मैरै उमेरमा दूईटा केटाहरूलाई देखें । तिनीहरूलाई देखेपछि मनभरी जिज्ञाशा पलाए, “तिनीहरूका बाआमा कहाँ होलान् ?”, “तिनीहरू घरबाट भागेका पो हुन् कि ? आखिर किन भागेका होलान् ?”, “तिनीहरू अब घर फिर्दैनन् ?”, “कसैले माग्न पठाएको पो हो कि ? जबर्जस्ती माग्ने बनाउँन कसरी सकेका होलान् ?”, “गरिबी, भोक, आवाश आदिको अभावबाट कहिले मुक्त हुन सक्लान् तिनीहरू ? यिनीहरू जीवनभर भिखारी नै बनिरहनु पर्ने हो त ?”, “सरकारले किन वेवास्ता गरेको होला तिनीहरूलाई ? सामान्य जीवनमा फर्काउँने पहल किन नगरेको होला ?”

तर, आजको दिनसम्म पनि यि जिज्ञाशाहरूको जवाफ कतैबाट र कसैबाट खोजिन मैले । बरू सडक पेटी, चोक गल्ली, मन्दिर वरिपरी भेटिने मगन्तेहरूलाई १०-२० रूपैया दिएर शहानुभूती देखाएँ, धेरै जसो त यिनीहरूको जात र काम नै माग्ने हो भनेर बेवास्ता गरें तर मनभित्र पनि उनीहरू प्रति कहिल्यै घृणा, तिरष्कार पलाएन । छेउमा मरेको लाश भएपनि निडर भएर सुत्नु पर्ने, भोली म ब्युझिदिन भन्ने जानेरै पनि सुत्नु पर्ने बाध्यता, मिठो हैन भरपेट खाना उनीहरूको चाहाना हो । “खुल्ला आकाशमुनिको जिन्दगी विश्वास गर्न र स्विकार गर्नै नसकिने कस्तो बाध्यता ?”

उनीहरू दुबैजना मधेसीमूलका भएपनि मैथली हैन नेपाली भाषामै बोले ति मानिस, शायद मैले बुझ्दिन भनेर होला । ति मानिसको कुरा सकिन नपाउँदै शफारी चालकले भने, ‘यति धेरै पैसा मागेर कि चोरेर कमाउँछस् ?

 

°°भिख माग्नेहरू प्रति हाम्रो दृष्टिकोण°°

म स्वयंमले देखेको छु, भिख माग्नुलाई बाध्यता हैन पेशा बनाउँनेहरू पनि प्रशस्तै छन् ।

“केही दिन अगाडी ईटहरीको बिराटनगर लाईनबाट आईतबारे रोडसम्य सिटी शफारीमा गएँ , मनशान्त होटेल रोक्न लगाएर शफारीबाट ओर्लनै लाग्दा “एक मधेसीमूलका मानिस जो शारिरीकरूपले शवल थिए तर उसको झुत्रो लुगा हेर्दा माग्ने जस्ता देखिन्थे” शफारी चालक नजिक आए र उनीहरू ठट्टा गर्न लागे, म शफारी भाडा बापतको फिर्ता लिन कुर्दै थिए । तिनीहरूको वार्तालाप सुन्दा एक अर्कालाई चिनेजानेको हुनुपर्छ । ति माग्ने जस्ता देखिने मानिसले आफ्नो खल्तीबाट खुद्रा पैसाको एक मुठो निकाले त्यसपछि शफारी चालक तर्फ मुठो देखाउँदै भने ‘हेर, मैले यति कमाए तैले कति कमाईस आज ?’ उनीहरू दुबैजना मधेसीमूलका भएपनि मैथली हैन नेपाली भाषामै बोले ति मानिस, शायद मैले बुझ्दिन भनेर होला । ति मानिसको कुरा सकिन नपाउँदै शफारी चालकले भने, ‘यति धेरै पैसा मागेर कि चोरेर कमाउँछस् ? यति धेरै पैसा कमाउँछस् अब बिहे गर म केटी खोजिदिउला ।’ ति मानिसले चालकको कुरो पत्याएझै गरेर सोध्यो, ‘कहाबाट खोजिदिन्छस् केटी ?’ ति शफारी चालकले मतिर हेरेर मुसुक्क हासेर आँखा बङ्ग्याउँदै भने, ‘जोगवनीबाट।’

यस्ता शक्षम मानिसहरू पनि काम गर्ने ईच्छाशक्ति नभएर माग्ने बनेकाछन्, गहिरो कुलतमा फसेर पैसाको अभावले माग्नेहरू पनि प्रशस्तै भेटिन्छन् । त्यस्ता मानिसहरू संदिग्ध संसारको एक भागहुन् र जन उनुपद्रवको स्रोत हुन् । धेरै सहरीयाहरू पनि यहि बुझ्दछन् ।

°°भिखारी सडक वालवालिका को हुन् त ?°°

गरिबी र अभावले किचिएको भएपनि बाच्न र परिवार बचाउँनको लागि संघर्ष गर्नेहरू हुन् तिनीहरू ।

परिवार नभएर बेवारिसे बनेका
शुस्त मनस्थिती भएर परिवारबाट त्यागिएका
Sexual Abuse अथवा Substance- abuse का कारण घरबाट भागेकाहरू
विकट गाउँको गरिब परिवारबाट राम्रो काम र कमाईको खोजिमा सहर पसेकाहरू
लैंगिक विभेद, हिंशा, धार्मिक विभेद तथा सामाजिक विभेदमा परेकाहरू र तेस्रो लिंगीहरू

विशेषत, त्यस्ता वालवालिकाहरू समाजको अत्यन्तै निम्न बर्गका एकल र अपूर्णहरू हुन् । जोसँग नत योजना हुन्छ, न बर्तमान छ, न त भविष्यनै हुनेछ ।

°°सडकका भिखारी वालवालिकाहरूको उत्थानमा सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका कस्तो छ°°

वालवालिकाको हितमा काम गर्ने संगठनहरू जम्मा १४०० वटा रहेछन्, र तिनीहरूको उद्देश्य सडकवालवालिकाहरूलाई उत्थान गरि उचित शिक्षा दिलाएर उनीहरूको भविश्य उज्वल बनाईदिनु हो तर आशातित उपलब्धी गर्न सकेका छैनन् ।

नेपालमा, महिला वालवालिका तथा समाजकल्याण मन्त्रालय, चाईल्ड नेपाल आदि । जस्ता सरकारी तथा गैरसरकारी सस्थाहरू सडकवालवालिकाहरूको हितमा काम गरिरहेकाछन् तर नीति तथा कार्यक्रमहरू बनेपनि आवश्यक स्रोत र पूर्वाधारको कमिले प्रभावकारी काम हुनसकेको छैन ।

°°सडकका भिखारी वालवालिकाहरू पनि भावी समाजको आधार हुन् °°

भनिन्छ, वालवालिका समाजिक बनोटको एउटा पाटो हुन् र देशको भविष्य पनि । तर घरवार र परिवार बिहीन ति वालवालिका जसले मागेर बाच्नको लागि संघर्ष गर्छ भने उनिहरूबाट कस्तो आशा राख्ने भविश्यमा ? शहानुभूती देखाउँन हामि १० रूपैया दिन्छौं र आफूलाई ठूलो गुण लगाएको छु भन्ने ठान्छौं तर एक पटक सोचौं त, ति वालवालिकाको भविष्य, तिनीहरूको जिन्दगी ।उनिहरू पैसामात्र हैन आफ्नो भविष्य मागिरहेछन्, अधिकार मागिरहेछन्, शिक्षा मागिरहेछन् र दिनु राज्यको कर्तव्य हो हामिहरूको कर्तव्य हो । ति सडक वालवालिकाहरूलाई पैसाभन्दा महत्वपुर्ण शिक्षा हो । त्यस्ता केही पेशेवर भिखारीहरू छन् त कोही परिवार चलाउँन भिख माग्ने वालवालिकाहरू पनि छन्, र ति सबैलाई उद्दार गरेर उनिहरूको परिवारलाई पनि उचित व्यवस्थापन गरि, सबै सडकका भिखारी वालवालिकालाई सडक पेटी, मन्दिर गल्ली हैन स्कुल जाने व्यवस्था गर्न सरकारको चुनौती बनेको छ तर यो जरूरी छ ।

 

अनमोल राई धरान,हाल पोर्चुगल

Comments

comments