सिलौटोमा नखोपिएको भाग्य रेखा (फोटो फिचर)

436

इन्द्रेणी न्यूज,डटकम/सरोज बस्नेत
२०७५ बैशाख २६,काठमाडौँ।  गरिव होस् या धनि सपना सबैको ठुलों नै हुन्छ। राम्रो खाना, मिठो लाउँन र सुख सयलको जिन्दगि विताउन सबैलाई मन हुन्छ। फरक यति हो कसैको सपना पूरा हुन्छ भने कसैको सपना अधुरै रहन्छ।

काठमाडौँ भन्ने वित्तिकै सुख हुन्छ होला राम्रो लाइन्छ होला भन्ने कल्पना प्रायः जोकोहीमा हुन्छ होला। यस्तै सपनाको शहर हो काठमाडौँ। जहा हजारौ मान्छेहरु सपना पुरा गर्नको निमित्त पनि प्रवेश गर्छन।

यो दृश्य हो चाबहिलको। यसरी ढूँगा खोपेर दैनिक गुज़ारा चलाऊने र छोराछोरीको सुन्दर भविष्यको लागि पनि बाध्यताले यो काम गरिरहेका धेरै मज़दूर छन् यहाँ।

ढूँगालाई आकार दिएर आकर्षक सिलौटो बनाऊने यि मजदुरहरुको जीवन भने कहिले आकर्षक भएन। दिनरात धुवा र धुलो खाएर परिवार र आफ्नो पेट पाल्न समेत निकै गार्हो छ यिनीहरूलाई। छोराछोरीको सुन्दर भविष्य निर्माण गर्नु त टाढाको कुरा हो।

कयौ वर्षदेखी यसरी नै सड़कका पेटीहरुमा सिलौटोमा जीवनको धर्सा खोजीरहेका यिनी मजदुरहरूको जीवन कहिले सुखद र सरल बन्ला ? अनि आफुले पाएको जस्तो दुःख सन्ततिले नपाउन भन्ने ठुलो सपना बोकेर दिनरात ढूँगालाई आकार दिदै आएका यी मजदुरहरुको सपना कहिले साकार होला ?

तस्विर : सरोज बस्नेत

Comments

comments