दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ रिलिज -भिडियो

743

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,काठमाडौँ। पछिल्लो समय सामाजिक संजाल यूटुबमा भाइरल भएसंगै यूटुबको ट्रेण्डिंगमा रहन सफल १२ वर्षसिया बाल गायक अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ। बिराज नेपालको शब्द र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको संगीतमा तयार भएको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’बोलको उक्त गीतलाई टंक बुढाथोकीकै यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा गायक दर्जीलाई सङ्गीतकार टंकले साथ् दिएका छन् भने सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा पनि टंक बुढाथोकी र दर्जी दुबैलाई देख्न सकिन्छ। गीत लन्च गर्नको निमित्त दर्जी पहिलोपटक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।

Comments

comments