अनमोलको ‘क्याप्टेन’मा सुनिलले मारे इन्ट्री

710

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,काठमाडौँ। आगामी भाद्र ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘क्याप्टेन’मा सुनिल थापा अनुबन्धित भएका छन्। निर्माण अगावैदेखि दर्शकमाझ निकै प्रतिक्षीत बनेको चलचित्रमा अर्का खलनायक प्रशान्त ताम्राकारपछी सुनील अनुबन्धित भएका हुन्। चलचित्रमा थापाको केमियो रोल रहने छ।

दिवाकर भटराईले निर्देशन गरिरहेको यस चलचित्रमा थापाले राष्ट्रिय फुटबल प्रशिक्षकको भूमिका निभाउने छन् । अनमोल केसी अभिनित यस चलचित्रका निर्माता उनकै पिता भुवन केसी हुन् भने चलचित्रमा अनमोलकी नायिकाको रुपमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहने छन्।

अनमोलले पहिलो पटक भुटबल खेलाडीको भूमिका निर्वाह गर्न लागेका हुन् भने पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ ।

इलाममा दुइदिन लगाएर पहिलो चरणको सुटिङ गएको हप्ता सकाएको यस चलचित्रको अहिले दमकको एक खेल मैदान छायांकन भइरहेको छ निर्माण युनिटले जनाएको छ। चलचित्रमा सरोज खनाल र हास्यकलाकार विल्सन विक्रम राईको पनि मुख्य भूमिका रहेको छ।

Comments

comments