यसकारण चीनमा फ्लप भयो प्रभासको ‘बाहुबली-२’

1285

एजेन्सी। पछिल्लो समय चीन बलिउड फिल्मको ठूलो बजार बनिरहेको छ । एक पछि अर्को बलिउड फिल्मले त्यहाँ ठूलो कमाई गरिरहेका छन् ।

आमिर खानको फिल्म दंगल र सेक्रेट सुपरस्टार तथा सलमान खानको बजरंगी भाइजानलाई चिनिया दर्शकले खुबै मन पराएका थिए । तर, अहिले रिलिज भएको फिल्म बाहुबली २ भने चीनमा फ्लप भएको छ ।

बाहुबली २ बाट ठूलो आशा राखेर चिनिया वितरकले महंगो मूल्यमा खरिद गरेका थिए । तर, उनीहरु घाटामा जाने भएका छन् । चीनका ७ हजार हलहरु पाएको फिल्मले एक सातामा ५१ करोड भारु मात्र विजनेस गरेको छ । वितरकहरुले आफ्नो लागत उठाउनलाई मात्रै २ सय करोड भारु उठाउनुपर्ने हुन्छ ।

बाहुबली चीनमा फ्लप हुनुमा विभिन्न तर्कहरु आएका छन् । यसअघि त्यहाँ हिट भएका फिल्महरुमा भारतीय समाज र संवेदना देखाइएको थियो । त्यसले चिनियाहरुलाई आकषिर्त गरेको थियो । तर, बाहुबलीमा भने लडाई, मारधाड र ग्राफिक्सलाई अत्यधिक प्रयोग गरिएको छ । यस्ता फिल्म बलिउडमा भन्दा हलिउडमा धेरै राम्रा बन्छन् । त्यही भएर चिनीया दर्शक बाहुबलीप्रति आकषिर्त भएनन् ।

हालसम्म सबैभन्दा बढि व्यापार गर्न सफल भारतीय फिल्मको रुपमा बाहुबली २ लाई लिइन्छ । यसले भारत तथा विश्वभर गरेर २ हजार करोड कमाएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बेसी कमाई गर्ने बलिउड फिल्म भने आमिर खानको दंगल हो ।

Comments

comments