प्रीतिले सहवागसँग पोखिन् राजस्थान रोयल्ससँगको हारको रिस

260

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,काठमाडौँ। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मंगलबार बेलुका किंग्स इलावेन पञ्जाबलाई राजस्थान रोयल्सले १५ रनले हरायो ।

पञ्जाबको यो हारबाट टिमकी ओनर प्रीति जिन्टा निराश देखिन्थिइन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हारपछि प्रीतिले पञ्जाबका मेन्टर वीरेन्द्र सहवागसँग बहस पनि गरेकी छिन् ।

राजस्थान रोयल्सले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबका लागि ओपनर लोकेश राहुलबाहेक कसैले पनि रन बनाउन सकेनन् । पञ्जाबका लागि दुई जना ब्याट्सम्यानबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । लोकेश राहुलले उत्कृष्ट पारी खेल्दै नटआउट ९५ रन बनाउँद मार्कस स्टोइनिसले ११ रन बनाए ।

पञ्जाबले २० ओभरमा सात विकेट गुमाउँदै मात्र १४३ रन बनायो । उत्कृट लयमा रहेका भनिएका क्रिस गेल पनि एक रनमै आउट भए । उनलाई कृष्णप्पा गौतमले आउट गराएका थिए । मंगलबारको खेलमा बुझ्न नसकिएको कुरा चाहिँ कप्तान रविचन्द्रन अश्विन तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनु थियो ।

उनी जति छिटो आए, त्यति नै छिटो आउट भए । उनी तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनु सबैको लागि आश्चर्यको कुरा थियो । यस्तै कुरमा टिमकी मालिक प्रीति जिन्टा मेन्टर वीरेन्द्र सहवागसँग बहसमा उत्रिएको बताइन्छ ।

Comments

comments