कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजलाई

135

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,पाँचथर। चर्च ब्वाइज क्लब काठमाडौँले पाँचथरको कुमायकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनलमा सुन्धारा स्पोर्टिङ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हत्याएको हो ।

उपाधिसँगै चर्च ब्जाइजले रु तीन लाख ११ हजार १११ हात पारेको छ भने उपविजेता सुन्धाराले रु एक लाख लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।

चर्च ब्वाइजलाई जिताउन सुनिल खड्काले खेल शुरु भएको १३ आँै मिनेटमा र भुवन बस्नेतले ५६ औँ मिनेटमा एक÷एक गोल गरेका थिए । जवाफमा सुन्धाराका खमिर गिल्सन कन्दङवाले खेलको २७ आँै मिनेटमा एक गोल गरेका थिए ।

आठ टोली सहभागी यो प्रतियोगिता यही वैशाख २० गतेदेखि शुरु भएको थियो ।
–––

Comments

comments