मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ–मन्त्री यादव

153

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको ब्यग्र प्रतिक्षा भइरहेको उल्लेख गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री यादवले नेपालमा निर्यातजन्य उत्पादनहरू नभएका कारण भारतसँगको व्यापार घाटा बढिरहेको उल्लेख गर्दै वर्तमान सरकारले नेपाली उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ भन्नुभयो ।

उहाँले थप्नुभयो, “नेपालमा अलैँची, पश्मिना, अदुवा जस्ता कृषिजन्य उत्पादनबाहेक खासै विदेशमा निर्यात गर्ने खालको उत्पादन छैन्, त्यसकारण भारतबाहेक अरु मुलुकसँग व्यापार सम्बन्ध बढाए पनि नेपालको व्यापारमा घाटा नै हुन्छ ।”

उहाँले नेपाल आयल निगमलाई प्रतिस्पर्धामा लैजाने सोच सरकारले बनाएको बताउनुभयो ।

Comments

comments