मुना थापा र लाल बहादुर मगरको ‘चिता माथि आगो’-भिडियो

383

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,काठमाडौँ। जिवनका भोगाइमा आइपरेका वियोगका अवस्थाहरुलाई चित्रण गदै प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर राना मगरको लोकदोहोरी कोशेली “चिता माथि आगो” डिजिटल बजारमा उपलब्ध भएको छ । मुना थापा मगर र गायक लाल बहादुर मगरको मार्मिक भावहरु संग्रहित लोकदोहोरी “चिता माथी आगो” बजारमा आएको हो ।

जिवन भोगाईका क्रममा बाध्यताले विछोडी हुनुपर्दाको कारुणिक भावहरुलाई गीतमा नबन्न आग्रह गरिएको छ । आफुलाई जस्तो सुकै अवस्थामा भएपनि नछोड्नको लागी आग्रह गरेका छन । आफनो मृत्युमा अन्तिम श्रद्धान्जली दिनको लागी आफनी प्रेमिकालाई लालबहादुरले आग्रह गरेका छन ।

इन्द्र दाहाल शिशिरको शब्द तथा नविन गुरुङको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । आफनो मृत्युको वियोगमा आफनी प्रेमीकालाई नरुन आग्रह गरिएको छ । आफनो अन्तीम शरिर देखेपनि वियोगको अनुभव नगर्न पनि भनिएको छ । “चित्ता माथी आगो ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा इन्द्र दाहाल शिशिर , अभि लामा र आशा खड्काको निकै मार्मिक अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाई छायाँकन गरेका हुन ।

Comments

comments