‘साहसिक खेल क्यानोनिङ’ (फोटो फिचर)

572

इन्द्रेणी न्यूज,डटकम/सरोज बस्नेत
२०७५ बैशाख २७,काठमाडौँ। झरनाबाट डोरीको सहायताले तल ओर्लने एक साहसिक खेल हो क्यानोनिङ। केही बर्ष अघिसम्म बिदेशीले मात्र गर्ने यो साहसिक ‘झरना यात्रा’ अहिले नेपाली युवा पुस्तामा पनि निकै लोकप्रिय भइसकेको छ।

निरन्तर पानी बगिरहने लामा पहाडी झरनामा डोरीको सहायताले माथीबाट तलसम्म झर्दा मिल्ने रोमान्चकताका कारण साहसिक खेलप्रेमीहरुलाई यसले तानिरहेको छ।

यो खेलले प्राकृतिक दृस्याबलोकन, मनोरन्जन र साहसिक खेलमा रुची राख्नेलाइ बढी आकर्षित गर्दछ। नेपालको लमजुंग, कास्की, काठमाण्डौ, सिन्धुपाल्चोक, नुवाकोट, पर्बत लगायतका जिल्लाका २० वटा भन्दा बढी झरनामा हाल क्यानोनिङ गरिदै आएको छ।

चितवनको जलबिरे झरना , सिन्धुपाल्चोकको जम्बो र छाते झरना काठमाण्डौ बासीको लागि नजिकको गन्तब्य हो। लामो झरनाबाट झर्नु, चिप्लेटी खेल्नु र दहमा हाम फाल्नुजस्ता क्रियाकलापले यो खेललाइ निकै रोमाञ्चक बनाउछ।

गाइडको निर्देसन नमान्ने, आफुखुसि गर्ने अनि सुरक्षा सामाग्रीको प्रयोग बिना खेल्दा क्यानोनिङ जोखिमपूर्ण पनि हुन सक्छ,त्यसैले यो खेलका लागि कुशल गाइडको र अत्याधुनिक ‘हार्नेस’ को आवश्यकता पर्दछ।

Comments

comments