स्पोर्टस् अवार्डका लागि डिस मिडियाको साथ

146

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २७,काठमाडौँ। नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेफ)ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि डिस मिडिया नेटवर्कले रु सात लाख बराबरको प्रायोजन गर्ने भएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइयो)ले उक्त अवार्ड कार्यक्रमका लागि रु सात लाख बराबरको रकम दिइने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त रु सात लाखमध्ये चार लाख ७० हजार नगद र दुई लाख ३० हजार बराबरको डिस होम सेटअप बक्स रिचार्ज डिस मिडियाले उपलब्ध गराउनेछ ।

यस सम्झौतासँगै अब उक्त अवार्डको नाम ‘एनएसजेफ पल्सर स्पोर्टस अवार्ड २०७४ इन एशोसिएशन विथ डिस होम एक्सन स्पोर्टस’ हुनेछ ।

विसं २०७४ मा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Comments

comments