दाई भाउजुको सम्वन्ध जोगाउन अर्जुन कपुरलाई वेवास्ता गरे : सलमान

169

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २७,काठमाडौँ। कुनै बेला सलमानसँग एकदम निकट थिए अर्जुन कपुर । उनी आफूलाई सलमानको फ्यान बताउन पनि पछि पर्दैनथे । एउटा चलचित्रमा उनले ‘मे सुपरम्यान सलमानके फ्यान’ बोलको गीतसमेत गाएका छन् । सलमानले पनि उनलाई भाईजसरी माया गर्थे । सलमान खानले नै अर्जुनलाई तौल घटाउन लगाएर बलिउडमा प्रवेश गर्न प्रेरित गरेका थिए ।

बलिउड अभिनेता सलमान खान जब कसैसँग रुष्ट बन्छन्, उसलाई ज्यान जाला माफ गर्दैनन् । यो कुरा अर्जुन कपुरले अझ राम्ररी बुझेको हुनुपर्छ ।

तर स्टोरीमा मोड त्यतिबेला आयो जब सलमानकी भाउजु मलाइका अरोडासँग अर्जुन नजिकिए । उनीहरु डीप लभमा परेको भनेर मिडियामा ब्यापक चर्चा भयो । त्यसपछि सलमानले अर्जुनलाई बोलाएर सम्झाउँदै भने, ‘आइन्दा मेरी भाउजुलाई बिर्सिनु ।’

सलमान आफ्नो दाई भाउजुको सम्वन्ध नतोडियोस् भन्ने चाहन्थे । तर, अर्जुन पछि हटेनन् । मलाइकासँग उनको चक्कर चलिरह्यो । र, यही कारणले सलमानका दाई अरवाजले श्रीमतीसँग पारपाचुके गरे ।

यो घटनापछि सलमान र अर्जुनबीच शितयुद्ध चलिरहेको छ । सार्वजनिक ठाउँमा भेट हुँदा सलमानले अर्जुनलाई वास्तै गर्दैनन् ।
मंगलबार यस्तै भयो । सोनम कपुरको बिहेको रिसेप्सन पार्टीमा अर्जुन कपुर स्वागत गर्ने लाइनमा उभिएका थिए । उनी सोनमका ठूलोबुवाका छोरा हुन् । उनी आउने हरेक पाहुनाहरुसँग अंकमाल गर्दै ख्यालठट्टा गरिरहेका थिए । तर, जब सलमानको इन्ट्री भयो, उनको बडी ल्याङ्वेज नै चेन्ज भयो । सलमान आएर बोनी कपुरलाई अंकमाल गरे, तर सँगै उभिएका अर्जुन कपुरलाई बालै दिएनन् । उनी सरासर अघि बढे । त्यसपछि अर्जुनको अनुहार रातोपिरो भयो ।

भित्र डान्स पार्टीमा सलमान र शाहरुखले जमेर डान्स गरिरहेका थिए । तर अर्जुन कपुर उनीहरुको छेउछाउमै पुगेनन् । सलमान गएपछि मात्र उनले डान्स गरे । एजेन्सी

Comments

comments