द्विपक्षीय सहयोगका लागि प्रधानमन्त्री ओलीसँग विस्तृत कुरा गर्छु – प्रधानमन्त्री मोदी

84

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २७,काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको द्धिपक्षीय सहयोगलाई थप विस्तार गर्न नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग विस्तारित वार्ता गर्ने बताउनुभएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु अघिल्लो दिन आज ट्वीट गर्दै आफ्नो भ्रमणले भारतको प्राथमिकतामा नेपाल रहेको प्रष्ट पार्ने पनि उहाँले बताउनुभएको छ । काठमाडौंवाहेक जनकपुर र मुक्तिनाथको समेत भ्रमण गर्ने उल्लेख गर्दै त्यसले नेपाल र भारतबीचको साँस्कृतिक सम्वन्धको वलियो पक्ष उजागर गर्ने बताउनुभयो ।

‘नेपाल प्रजातन्त्रका उपलब्धीहरुलाई बलियो बनाउने र आर्थिक बिकास गर्ने युगमा प्रवेश गरेको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उदेश्यलाई कार्यान्वयन गर्न भारत नेपाल सरकारको दृढ साझेदारका रुपमा रहन्छ’ उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री मोदी भोलि पटनाबाट जनकपुर उत्रदैं हुनुहुन्छ । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौं आउनु हुनेछ भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ । उहाँले आफूले भ्रमण गर्ने जनकपुर र मुस्ताङलाई तीर्थयात्रा र पर्यटनका लागि केन्द्र भएको पनि बताउनुभयो ।

Comments

comments