सुन तस्करीको अभियुक्तका पक्षमा ५० बढी वकिल, बिहीवारदेखि थुनछेक बहस शुरु

103

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २७,काठमाडौँ। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा थुनामा रहेका ३० जना अभियुक्तको थुनछेक बहस आज (बिहीवार) देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको छ ।

बिहीवारदेखि शुरु भएको बहसमा सरकार (वादी)को तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता गोपाल रिजाल, मोेरङ जिल्ला सरकारी वकिलका न्यायाधिवक्ता पुण्य पाठक र धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य छन् ।

बाँकी ५ जना सरकारी वकिलले शुक्रवार बहस गरे पछि प्रतिवादीको तर्फबाट प्रतिरक्षाको लागि वकिलहरुले बहस गर्ने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । नेपाल सरकारको तर्फबाट ८ र प्रतिवादीको तर्फबाट ५० बढी वकिलले बहस गर्ने जनाइएको छ ।

Comments

comments