केन्यामा बाँध फुट्दा ४१ जनाको मृत्यु, बाढी–पहिरो विस्थापितको संख्या २ लाख नाघ्यो

225

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ। केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयन हराइरहेका छन् ।

बाँध भत्किएपछि त्यसको वरिपरि रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

घटनामा परी अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको र अरु धेरै जना अझै पनि बेपत्ता रहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए ।

उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् ।

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाँउतिर गएकाले ठुलो क्षति भएको हो ।

बाढी पहिरोका कारण गत दुई महिनामा देशभर गरेर कुल १३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् ।

Comments

comments