स्वस्तिमा सँग मेरो क्यामेष्ट्री मिल्दैन: दिपकराज गिरि

432

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ। दिपाश्री निरौलाको निर्देशनमा तयार हुने र यस बर्षको दशैको फूलपाती सार्वजनिक प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘छक्का पन्जा-३’को आज भक्तपुरको सुर्यविनायक मन्दिरमा सुभर्मुर्हत गरिएको छ। चलचित्रको सुभर्मुर्हत संगै चलचित्र निर्माण युनिटले छायाँकन सुरु गरेको छ।

‘छक्का पन्जा’ र छक्का पन्जा-२ मा देखिएका केहि कहाकारहरु यस चलचित्रबाट आउट भएसंगै ‘ऐश्वर्य’ चलचित्र मार्फत नेपालि चलचित्र क्षेत्रमा भित्रीएकि नायिका दीपिका प्रसाई ‘छक्का पन्जा-३’मा मुख्य अभिनेत्रीको रुपमा प्रवेश गरेकी छिन भने चलचित्रमा अर्की नायिका प्रियंका कार्की केमियो भूमिकामा देखा पर्नेछिन्। त्यस्तै लगातार दुई सिक्वेलमा देखिएकी बर्षा राउत र दोश्रो सिक्वेलमा प्रवेश गरेकी अर्की नायिका स्वस्तिमा खड्का चलचित्र बाट बाहिरीएका छन्।

छक्का पन्जा-३ बाट किन स्वस्तिमालाई आउट गर्नुभएको भन्ने प्रश्नमा चलचित्रका स्क्रीप राइटर दिपक राज गिरिले भने,-‘हामीलाई यस चलचित्रमा अलिकति फुच्ची फुच्ची टाइपको नायिका चाहिएको थियो किनकि स्वस्तिमा सँग मेरो केमेष्ट्री मिल्छ जस्तो लागें त्यसैले उसलाई आउट गरेर दिपिकालाई प्रवेश गराएको हो।’

चलचित्रमा जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरि ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहने छन्।

अर्जुन पोख्रेल र दिपक शर्माको संगीत रहने यस चलचित्रमा डेविड शंकर, बिन्दु परियार, विक्रम राई, रामचन्द्र काफ्ले र जुनु रिजालको आवाज रहनेछ।चलचित्रमा दिपकराज गिरि, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, पुष्प खड्का लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ।

Comments

comments