कान्स फिल्म फेस्टिभलमा कंगनाको साडी चर्चामा

803

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ। बलिउड फिल्म इण्डष्ट्रिमा क्विन उपनाम पाएकी कंगना रनौतले कान्स फिल्म फेस्टिभलमा लगाएको पहिरनका कारण यतिबेला उनको चर्चा सामाजिक संजालमा चुलिएको छ ।बलिउडमा कान्स फिल्म फेस्टिभललाई एकदमै महत्वका साथ हेर्ने गरिन्छ ।

यस बर्ष ऐश्वर्य राय बच्चन,प्रियंका चोपडा,दिपीका पादुकोण,सोनम कपूर र कंगना रनौत लगायतका कलाकारले कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाउँदै छन् । ७१ औं कान्स फिल्म फेस्टिभलको आयोजना यहि मे ८ मे १९ सम्म संचालन हुने छ ।

बुधबार कंगना कान्स फिल्म फेस्टिभलमा प्रशुन जोशीका साथ सहभागी भएकी थिइन । यस सत्रमा कंगनाले आफ्नो लुक र मन्तब्यका कारण सबैको मन जितेकी थिइन् ।

कंगनालाई यस समारोहमा “क्विन” फिल्मका लागि आमन्त्रण गरिएको हो । सामाजिक संजालमा कंगनाको उक्त रेत्रो लुकको धेरै चर्चा भइरहेको छ ।कंगना फेसन डिजाइन सब्यासाचीले तयार पारेको कालो रंगको साडीमा देखिएकी थिईन् ।एजेन्सी

Comments

comments