लायन्स क्याबिनेट अफिसर्सहरुको लागि स्कुलिङ कार्यक्रम

152

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,धुलिखेल। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले डिस्ट्रिक कन्भेन्सन बाट लायन्स वर्ष सन् २०१८ /१९ का लागि छनौट भएका लायन्स क्याबिनेट अफिसर्सहरुको लागि स्कुलिङ कार्यक्रमको आयोजना गरेको छ।

धुलिखेल स्थित धुलिखेल लज रिसोर्टमा दुइ दिनसम्म चल्ने उक्त कार्यक्रमका प्रमुख अतिथि लायाँन्स क्लब इन्टरनेसनल पि सी सी ( जी एम टि एरिया लिडर ) लायन खगेन्द्र सिटौला , बिशेष अतिथि एल सी आइ एफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी रहेका छन्।

दुइदिनसम्म चल्ने उक्त कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ का डिस्ट्रिक गभर्नर ,पाकिस्तानी लायन लिडर नदीम हक , लायन सुनिल भक्त श्रेष्ठ , लायन विश्वराम गोर्खाली, लायन कुमार राज सुबेदी र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को डिस्ट्रिक कन्भेन्सन बाट लायन्स वर्ष सन् २०१८ /१९ का लागि बिजयी डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, फर्स्ट भी डिजी गभर्नर इन्द्र खत्री राजन, सेकेन्ड भी डी जी टंक बहादुर श्रेष्ठ लगायत लायन्स लिडर र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

comments