तपाईको आजको राशिफल – बैशाख २९ गते शनिबार २०१८ मे १२ तारीख

81

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २९,काठमाडौँ। आज श्री शाके १९४० बि.स. २०७५ साल बैशाख २९ गते शनिबार तदानुसार इश्वी सन २०१८ मे १२ तारीख शुद्धज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण वसन्त ऋतु विश्व नर्स दिवस – ज्यो.पं. सरोज घिमिरे .

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नै कमजोरिले धनमालको क्षति ब्यर्होनु पर्नसक्छ । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईको मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । यात्रा आम्दानि मुलक साबित रहला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीबारिक झोरझमेलाले सताउन सक्ला । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । समय अनुरुप चल्न नसक्नाले कार्यमा झन्झट ब्यर्होनु पर्नेछ । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मानसिक खिन्नता रहेपनि देखाबटि प्रशन्नता आउनसक्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला ।

प्रतिक्रिया

Comments

comments