भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज

109

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २९,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो ।

त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो ।

Comments

comments