‘बोबी’को नर्वेमा भव्य प्रिमियर

80

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २९,काठमाडौँ। फिल्म ‘बोबी’को नर्वेमा भव्य प्रिमियर सम्पन्न भएको छ। निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यस चलचित्रको नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न भएको हो।

सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियो। रियल स्टोरीमा बनेको फिल्मको प्रिमियर शोमा नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए ।

मुख्य पात्र कविता गुरुङ र उमेश थापाको रियल लव स्टोरीमा आधारित फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो। ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

कविता र उमेशका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

Comments

comments