इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २९,काठमाडौँ। गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।’र्वाँइ र्वाँइ सारङ्गी’ बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।
यस अघि केहि गीतहरु सार्वजनिक गरेका दीप तामाङले आफुले यस गीतले नेपाली सांगेतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सहयोग गर्ने बताएका छन् ।जितेन लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।
‘र्वाँइ र्वाँइ सारङ्गी’ले बोलको गीतलाई दर्शक तथा स्रोता मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
भिडियो: