प्रधानमन्त्री मोदीको सम्मानमा स्वागत समारोह

59

काठमाडौँ, २९ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा आज भारतीय राजदूतावासले स्वागत समारोहको आयोजना ग¥यो ।

होटल हायातमा आयोजना गरिएको उक्त समारोहमा प्रधानमन्त्री मोदीले सहभागी आमन्त्रित महानुभावहरुलाई समूह–समूहमा बेग्लाबेग्लै भेट गर्नुभएको थियो ।

समारोहमा मन्त्रीगण, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो ।

Comments

comments