रेल नचल्ने देशमा, चलेका ‘रेलगीत’

320

इन्द्रेणी न्यूज
निशा सिग्देल,काठमाडौँ। रेल नेपालीहरूकाे सपना हाे ,मेट्राे हाेस या माेनाे। यस्तै सपनाको झझल्काे पूरा गर्न हाेला सायद पछिल्लो समय थुप्रै रेलका गीत लेखिए संगै, समधुर स्वरमा स्वरबद्व छन्। जसमध्य कमै भिडियाेमा रेलका दृश्य समावेश छ।

पछिल्लाे सुपरहीट रेलगीतमा पहिलाे नम्बरमा छक्कापञ्जाकाे ‘पुर्व पश्चिम रेल’नै पर्छ। राजन राज सिवाकोटीकाे शब्द, संगीत र स्वर रहेकाे यस गीतले दुई कराेड असी लाख भन्दा बढी भ्युज पाईसकेकाे छ। बच्चादेखि वृद्धसम्मकाे प्रिय गीत हाे भन्दा अत्युक्ति नहाेला।

त्यस्तै अर्काे हीट नम्बरमा ‘मङ्गलम’ चलचित्रको ‘पर्ख पर्ख मायालु म पनि त अाम्ला,रेलकाे झ्याल समाएर सँगै भागाैँला’ हाे। दिपक शर्माकाे शब्द तथा संगीत रहेकाे यस गीतलाई गायक कृष्ण काफ्लेले गाएका छन। सार्वजनिक यातायात देखि विभिन्न मनाेरञ्जनात्मक कार्यक्रममा अत्यधिक बज्ने गीतमा ‘पर्ख पर्ख मायालु ..’पनि पर्छ।

‘अरू कालाे रेलकाे धुवाँले’मत कालाे छाता हजुर अाेड्दै नअाेड्नाले’ लाल बहादुर खातीकाे शब्द संगीत रहेकाे याे गीतमा नायक भुवन केसी र ध्रुब केसीकाे स्वर रहेकाे छ। कालजयी गीतहरूकाे सुचीमा पर्ने याे गीतलाई माैसमी गुरूङ र डिजे अाशाकाे स्वरमा पनि सुन्न सकिन्छ ।

नेपाली गीत संगीतकाे क्षेत्रमा लाेक बहादुर क्षेत्रीकाे नाम पनि परिचित छ। क्षेत्रीले गाएकाे गीत ‘अामा रूदै गाम -बेशी मेलैमा,छाेरा रूदै जनकपुर रेलैमा’…याे गीत कालजयी गीत हाे। कैयाैँ युवा अझैपनि गाेरखपुरबाट रेल चढेर भारतका विभिन्न शहरमा कामका लागि जान्छन्। सायद गाेरखपुर पुग्दा याे गीतकाे याद हरेक नेपालीलाई पक्कै अाउँछ ।

‘पहाडकाे छुकछुके रेल,छुट्याे कठै राेक्दै नराेकी’
मैले रूमाल हल्लाकाे ,गयाे माया देख्दै नदेखी’
अानन्द अधिकारीकाे शब्द शिखर सन्ताेषकाे सँगीत ,रामकृष्ण ढकालकाे स्वर रहेकाे याे गीत पनि चर्चित गीत हाे। शैली एल्बममा समाबेश याे गीतकाे भिडियाेमा दार्जिलिङमा चल्ने रेलका दृश्य देख्न सकिन्छ।

त्यस्तै अर्को रेलको गीत गायका छन् गायक सन्तोष लामाले। ‘नेपालैमा नी लै लै रेल आउने कुरा, कहिले होलानी नारन सपना पूरा’ केहि वर्ष अगाडीको यो गीत पनि निकै चर्चित र हिट नम्बरको गीत हो। मनिस थापाको शब्द, हरी लम्सालको संगीत र गायक सन्तोष लामाकै स्वरमा सजिएको छ।

हुनत ‘रेल’ गन्तव्यमा पुराउने एउटा साधन हाे। रेल शब्दकाे प्रयाेग भएका थुप्रै नेपाली गीतहरू छन। कति दर्शक स्राेतासम्म पुगेका छन् त कति छैनन। सायद नेपालमा रेल सुलभ भए कति गीतका भिडियोहरू रेलका प्लाटफर्ममा खिचिन्थे भने नेपाली भिडियो कर्मीहरुकाे टाउको दुखाईकाे विषय सायदै बन्थेनन हाेला ‘रेलगीत’।

Comments

comments