सन्दिप लामिछानेले विराट कोहलीको वैंगलौर विरुद्ध डेब्यु गरे

94

इन्द्रेणी न्यूज,भारत नेपाली युवा लेग स्पेनर सन्दिप लामिछानेले आज आइपिएल डेब्यू गरेका छन् । दिल्ली डेयर डेभिल्सको ११ औं तथा आइपिएलको ४५ औं खेलमा उनले डेब्यू गरेका हुन् ।

रोयल च्यालेन्जर्स वैंगलौर विरुद्ध टस हारेको दिल्लीले यतिबेला पहिलो व्याटिङ गरिरहेको छ ।

संयोग के छ भने सन्दिपले भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टिम विरुद्ध डेब्यू गरेका हुन् । आजको खेल दिल्लीको लागि प्रतिष्ठाका लागिमात्र रहनेछ । किनभने दिल्लीले ११ खेलमा ३ खेलमामात्र जित्दा दिल्ली अंक तालिकाको अन्तिममा छ ।

आजको खेल दिल्लीले जित्यो भने बैंगलोरपनि प्लेअफबाट बाहिरिनेछ । किनभने बैंगलौरले १० खेलमा ३ खेलमामात्र जित निकालेको छ । उ अंक तालिकाको सातौं स्थानमा सिमित छ । आजको खेल जिते बैंगलौरको संभावना जिवित रहनेछ । हारेमा आइपिएलबाट दिल्लिसँगै बैंगलौरपनि बाहिरिनेछ ।

आइपिएलमा देल्हिले सन्दिपलाई भारु २० लाखमा अनुबन्ध गरेपछि अहिलेसम्म भएको ११ खेलमा उनी पर्न सकेको थिएनन् । आज १२ औं खेलमा भने सन्दिपको नाम पर्न सफल भएको हो । सन्दिपले डेब्यु खेल खेल्ने भएपछि नेपाली समर्थकले उनलाई सामाजिक सन्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

Comments

comments