इन्द्रेणी न्यूज,काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको खेलमा दिल्लीको तर्फबाट डेब्यु गरेका सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमा एक विकेट लिँदै २५ रन खर्चिए ।
सन्दिपको आफ्नो कोटाको चौंथो ओभरमा पहिलो चार बलमा बिराट कोहली र एबि डि भिलियर्सले एक एक रन लिए भने डि भिलियर्सले सन्दिपको पाँचौं बलमा छक्का प्रहार गरे । त्यस्तै अन्तिमा ओभरमा डि भिलियर्सले कुनै रन लिन सकेनन् ।
तेश्रो ओभरको पहिलो बलमा बिराट कोहलीले चौका प्रहार गरे । त्यस्तै दोश्रो बलमा कुनै रन दिएनन् । त्यस पछिका सबै बलमा कोहली र एबि डि भिलियर्सले एक एक रन लिए ।
सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिएका थिए भने दोश्रो ओभरमा पाँच रन खर्चिएर एक विकेट लिए थिए । आफ्नो दोश्रो ओभरको चौंथो बलमा सन्दिपले पार्थिब पटेललाई एलबिडब्लुको शिकार बनाएका हुन् ।
दोश्रो पहिलो बलमा भारतका कप्तान बिराट कोहलीलाई डट बल फ्याकेका सन्दिपको दोश्रो बलमा भने कोहलीले एक रन लिए । त्यस्तै तेश्रो बलमा पटेलले चौका प्रहार गरे । दोश्रो ओभरको पाँचौं र छैठौं बलमा सन्दिपले एबि डि भिलियर्सलाई कुनै पनि दिएनन् ।
आईपिएल र ट्वान्टि ट्वान्टिमा डेब्यु गरेका सन्दिप पहिलो ओभरको पहिलो र तेश्रो बलमा रन दिएका थिए भने पाँचौं बलमा बाइका रुपमा चार रन गएको थियो । तेश्रो बलमा पार्थीब पटेलले र पाँचौं बलमा मोइन अलीले ब्याटिङ गरेका थिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर १८१ रन बनाएको थियो ।