‘अमेरिका बोइज’को ट्रेलर रिलिज, चलचित्र प्रचारको लागि१७ दिननै काफी छ: निर्देशक प्रवेश

268

इन्द्रेणी न्यूज्, काठमाडौं। आगामी जेठ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर र फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । चलचित्र प्रदर्शनको रिलिज मिती मात्र १७ दिन बाकी रहदा चलचित्र निर्माण युनिटले चलचित्रको पोस्टर र ट्रेलर सार्वजनिक गरेको हो ।

प्रवेश पौडेल निर्देशित यस चलचित्रको ट्रेलर र पोस्टरमा सबैजसो कलकार अटाएका छन भने डार्क कमेडी जनारामा निर्माण गरिएको यस चलचित्रको ट्रेलरमा सबै कलाकारहरु कमेडी रुपमा प्रस्तुत भएका छन् ।

चलचित्र रिलिज डेट मात्र १७ दिन बाकी रहदा किन ट्रेलर र पोस्टर रिलिज गर्नुभएको भन्ने प्रश्नमा चलचित्र निर्माणपक्ष रिसाउदै ‘हामिलाई यही समयनै पर्याप्त छ । १७ दिनमा हामिले २महिनाको काम भ्याउछौ भन्दाइ पत्रकारमाथी जङ्गिएका थिए ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको निर्मण रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल र राज के ।सी पनि सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री (नेपाली ठिटोज)को नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द रहेको छ । आलोक शुक्लाले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

लचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

Comments

comments