इन्द्रेणी न्यूज्, काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ । अाइतबार राती भएको खेलमा अन्तिम मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको हो ।
यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले शनिबार रातिको खेलमा साउथह्याम्टनलाई १–० ले हराएपछि एकै सिजनमा १०६ गोल र १०० अंकको कीर्तिमान कायम गरेको हो ।
म्यान्चेष्टर सिटीलाई जिताउन खेलको इन्जुरी समयमा ग्राबिएल जिससले गोल गरे । त्यही गोलले सिटीलाई १ सय अंकको किर्तिमान तोडिएको हो ।