रहेनन नेपाली फुटवलका महारथी शाह

280

इन्देणी न्युज,काठमाण्डाै।नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको उमेरमा निधन भएको छ। ५१ वर्षका शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार अपरान्ह निधन भएको हाे । शाह पछिल्ला केहि बर्षदेखि कलेजाेका राेगी  थिए । गएकाे शनिवारदेखि अस्पताल भर्ना भएका साहको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा उपचार भएको थियो। कलेजो फेल भएका कारण उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाहको निधनमा दु:ख प्रकट गर्दै उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।

Comments

comments