इन्द्रेणी न्यूज्, काठमाडौं। आउँदो जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बिच सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडीको साथै सस्पेन्सले भरिपूर्ण ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकार अटाएका छन् । किशोर भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रलाई हास्यकलाकार रेश्मा तिमिल्सिना अर्थअत डिठ्ठा सावकी बुनु मैचाँले निर्माण गरेकी हुन् ।
राजनराज सिवाकोटी र कमल खत्रीको सङ्गीत रहेको छ भने कविराज गहतराजको कोरियाग्राफी, नवराज उप्रेतीको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्रमा बुद्धि तामाङ, कमल मणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।