संघीयताको प्रभावकारी कार्यान्वयनपछि देश समृद्धिको बाटोमा हिँड्ने

77

इन्द्रेणी न्यूज्, काठमाडौं। अर्थविद्हरुले संघीयताको प्रभावकारी कार्यान्वयनपछि देश समृद्धिको बाटोमा हिँड्ने बताएका छन् ।

समृद्धि फाउण्डेशन, इकोनीति र इकोनोमिक फोरमले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘समृद्धिका लागि संघीयताको लाभदायी उपयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले संघीयताको चाँडो कार्यान्वयन गरेर देशलाई विकासको बाटोमा लम्काउन सरकारलाई सुझाव दिएका हुन् ।

पूर्वअर्थ सचिव रामेश्वर खनालले प्रभावकारी रुपमा स्रोत व्यवस्थापन गरेर विकास निर्माणले गति लिने बताउनुभयो । अहिलेको बैंकिङ प्रणालीले गरीबलाई अझै गरीब र धनीलाई अझै धनी बनाउनेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “धितोमा आधारित कर्जा प्रणालीले गरीबलाई अझै गरीब बताउँछ ।”

राष्ट्रिय प्राकृतिक स्रोत व्यवस्थापन तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले स्रोतको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा अहिले आर्थिक स्रोतको व्यवस्थापन र परिचालन दुवै आवश्यक छ ।”

लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठले आगामी दिनमा उद्योग सञ्चालनका लागि दर्तालगायतका सबै प्रक्रिया प्रदेश र स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

Comments

comments