के हो ‘पण्डित बाजेको लौरी’ ?

323

इन्द्रेणी न्युज,काठमाडौँ। अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको संयुक्त रुपमा निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर रिलिज भएको छ। निर्देशक दीपक ओली द्वारा निर्देशित यस चलचित्रले एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको गहकिला समस्या र समाजमा घट्ने घटनाहरुको कथा बोल्छ भने बादी जातीको कथालाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । जहाँ विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा रहेको बुझ्न सकिन्छ । बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजको ठुलो जात पण्डितविचको सम्वन्धलाई चलचित्रमा उतार्न खोजिएको छ।

साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ भने भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ।

Comments

comments