साधु , साधना एवम पाशुपत क्षेत्र (फोटो फिचर)

354

सरोज बस्नेत,
इन्द्रेणी न्युज,काठमाडौँ। हिन्दुहरुको एक मात्र आराध्यदेव एवम बिस्वसम्पदा सुचीमा सुचिकृत हो पाशुपत क्षेत्र। जहा ‘राजा’ देखि रैती अनि जोगी देखि भोगी सम्मको आस्था एवम भरोसा छ।

हिन्दु शास्त्रमा उल्लेख भएअनुसार ८४ लाख योनी ‘जुनी’ पार गरेसी मात्र मानब जुनीमा जन्म हुन्छ। मानब जुनी लिन हरेक जिबात्माले अनेक तपस्या एवम भगवानको आराधना गर्छन। सुख-सयल साथै भौतिक सम्पन्नताले भरिपुर्ण मानब जुनी पाएर पनि आखिर किन मानिस जोगी वा साधु बन्छ होला त ?

संसारिक मोहबाट टाढा हुन ? जीवन देखि वाक्क लागेर ? वा भगवानको ध्यानमा लिप्त हुन ? धेरैमा अनुत्तरित होला यो प्रश्न । हामिमध्य जोकोहि पनि पाशुपतक्षेत्र घुम्दा देखिने यस्ता योगी/जोगीका दृश्यले हामीलाई जीवनसंग केहि प्रश्नगर्ने बाटो भने पक्कै देखाउछ।

के पाशुपत वा अन्य धार्मिक क्षेत्रमा देखिने यस्ता योगी/सन्तहरु सब जीवन वा परिवारसंग निरास भएर जोगी बनेका हुन् ? वा यिनले संसारिक मोह त्यागेर अध्यात्मबाद अंगाली योगी बनेका हुन् ?

अनुत्तरित प्रश्न संगै हेरौ पाशुपत क्षेत्रमा भेटिएका योगीहरुलाई फोटोमा (फोटो फिचर)

Comments

comments