अटोमोटिभ इन्जिनियरको रोड साइड असिष्टेन्ट सर्भिस प्रारम्भ

729

इन्द्रेणी न्युज, काठमाडौँ। अटोमोबाइल इन्जिनियरहरुको समूह आईएई ‘इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर’ ले नेपाली सडकमा दुर्घटना वा कुनै कारणले गाडीमा समस्या भएमा सहयोग गर्नका लागि विशेष प्रकारको गाडी ‘टो भ्यान’ ल्याएको छ । सो गाडीमार्फत मर्मत गर्नु पर्ने गाडीलाई आवश्यकता अनुसार गाडी धनीको माग बमोजिमको सर्भिस सेन्टरमा पु¥याइने छ। यसलाई रोड साइड असिष्टेन्ट सर्भिस भनिएको छ।

आयोजित एक कार्यक्रमका बीच नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र आईएईका अध्यक्ष पुर्णबहादुर क्षेत्री लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुले सो गाडी औपचारिक रुपमा सार्वजनिक गरे । सो अवसरमा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले यस प्रकारको गाडीबाट सडक सुरक्षामा सहयोग पुग्ने बताउदै यसका लागि आवश्यक सहकार्य गर्न नाडा तयार भएको बताए ।

नासाका महासचिव गोविन्द भट्टराईले रोडसाइट असिष्टेन्ट सर्भिस नेपालका धेरै स्थानमा उपलब्ध हुनु पर्ने आवश्यकता औल्याउदै आगामी दिनमा यसका लागि सरोकारवालाको ध्यान जानु पर्ने बताए ।

आईएईले यसका लागि हाल काठमाडौं उपत्यकाका ७ वटा सर्भिस सेन्टरलाई आईएई सर्टिफाइड वर्कसपको रुपमा घोषणा गरेको छ । आगामी दिनमा यसलाई थप गरिने छ । आफूहरु गाडीधनीको सबै सेवाका लागि सदैव तयार रहेको आईएईका उपाध्यक्ष एवं आईएई सर्टिफाइड वर्कसप मध्ये एक अटो एभका सञ्चालक मधुसूदन सिग्देलले बताए । उपाध्यक्ष सुशील तण्डुकार र महासचिव बाशुदेव तिमिल्सिनाले आईएई र रोड साइड असिष्टेन्ट सर्भिसको वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए । गाडीले सबै ब्रान्डका गाडीको उद्धार गरी आवश्यकता अनुसार जुनसुकै सर्भिस सेन्टरमा पु¥याउने छ । यदि गाडीधनीले कुनै निश्चित वर्कसप सिफारिस नगरेमा आईएईको कुनै सर्टिफाइड वर्कसपमा पु¥याएर मर्मत गरिने छ । त्यसैले यसका लागि नारा नै ‘एनी टाइम, एनी ह्वेयर, एनी ब्रान्ड’ राखिएको छ ।

Comments

comments