३ नम्बरमा सलमानको ‘रेस -३’ २४ घण्टा नबित्दै ६ करोड माथिको भ्यूज ‘ट्रेलर’

719

इन्द्रेणी न्युज,काठमाडौँ। सलमान खान फिल्मस र टिप्स ईन्डष्ट्रिज लिमिटेडको संयुक्त निर्माणमा बनेको बलिउड चलचित्र ‘रेस-३’को ट्रेलर सार्वजनिक भएको छ। बलिउडमा मात्र नभएर चौतर्फी पतिक्षित बनिसकेको यस चलचित्रको ‘ट्रेलर’रिलिज हुनुपूर्व नै सलमानले ट्वीटर मार्फत एक ट्वीट गर्दै चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गर्छु भन्दै आफ्ना फ्यान फलोअर्सलाई पर्खिन आग्रह गरेका थिए।

रेमो डेसुजा निदेशित चलचित्रको सार्वजनिक ट्रेलर निकै धमकोदार छ भने ट्रेलर सार्वजनिक गरेको २४ घण्टा नबित्दै नेपालको ३ नम्बर ट्रेन्डिङ आएसंगै छ करोड भन्दा धेरैले हेरेका छन्।

ईदमा रिलिज हुने रेस चलचित्रको दुई सिक्वेल सुपरहिट भएपछि रेसको सिग्वेल स्वरूप रेस-३ निर्माण भएको हो। ३ मिनेट भन्दा लामो उक्त फिल्ममा सलमान सहित अनिल कपुर, ज्याकलिन, बबी देवल, डेजी शाह, साक्वि शलिम र फ्रेडी दारुवालाको मुख्य भूमिका छ ।

Comments

comments