इन्द्रेणी न्युज,काठमाडौँ। जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यू ले म्युजिकल्ली कम्पिटिसनको घोषणा गरेको छ। पछिल्लो समय युवा पुस्तामा निकै हिट भैरहेको म्युजिकल्लीलाई फिल्म प्रचारमा ल्याएको हो ।
फिल्म बेबी आइ लभ यु मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत समेत गर्नेछ । निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि दिइनेछ । सन्तोष र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् ः
म्युजिकल्लीको लागि तलको तस्बिरमा लिंक गर्नुस्:
शिव न्यौपाने निर्मित यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ।