सलमान खानको धमाकेदार एक्सन फिल्म ‘रेस ३’ ट्रेलर

256

इन्द्रेणी न्यूज
एलि शर्मा,काठमाडौँ। 
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार मुम्बईमा एक कार्यक्रमका बीच एक्सन सहितको धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो ।
भारतका चर्चीत कोरियो ग्राफर तथा निर्देशक रिमो डिसूजा द्वारा निर्देशित यो चलचित्रमा सलमान सँगै ज्याकलीन फर्नान्डेज,बबी देओल, अनिल कपूर तथा डेजी शाहलाई मुख्य भूमिकामा देख्न सकिन्छ । निर्माणको समय देखिनै दर्शकको उत्सुकता बढाउँदै गएको फिल्मको ट्रेलर एक्सनले भरिपूर्ण देखिएको छ ।

फिल्मको ट्रेलरमा ज्याकलिन र डेजी शाहलाई निकै बोल्ड अवतारमा देख्न सकिन्छ भने रमेश तौरानीले निर्माण गरेको उक्त फिल्ममा सलमानसँगै बबी देओल, अनिल कपूरलाई एक्सन अवतारमा देखाईएको छ ।

अहिले सम्म कुनै पनि फिल्ममा खलनायकको भूमिका निर्वाह नगरेका सलमान ‘रेस ३’ मा भने नेगेटिभ रोलमा देखिएका छन् । यो चलचित्रमा साइकोलोजिकल भिलेनका रुपमा देखा परेका सलमानको भूमिका पुरै नेगेटिभ भने छैन् ।
रिपोर्टका अनुसार एक्सन फिल्म ‘रेस ३’ ले प्रदर्शनमा आउनु अघिनै करीब १ सय ९० करोडको कमाई गरिसकेको छ । विभिन्न समाचारलाई आधार मान्ने हो भने, ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस फिल्मको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् । यो सलमानको पहिलो फिल्म हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ ।

गत बर्षको डिसेम्बरमा रिलिज भएको सलमान द्वारा अभिनित एक्सन चलचित्र ‘टाइगर जिन्दा हे’ भारतीय बक्स अफिसमा तीनसय करोड भन्दा धेरैको कलेक्सन गर्न सफल भएको थियो । ब्राण्डका रुपमा स्थापित भइसकेका बलिउडका भाइजान सलमान खानको यो फिल्मले भारत तथा विश्व बजारमा राम्रै कलेक्सन गर्ने अनुमान गरिएको छ । विश्वभरमा सलमानका करोडौ फ्यानहरु फेरी पनि उनको एक्सन अवतार हेर्न आतुर रहेका छन् ।

Comments

comments