इन्द्रेणी न्यूज,काठमाडौँ। आठ वर्षअघि ‘फर्स्ट लभ’ चलचित्रबाट निर्माणमा होमिएका ‘लुट’ चलचित्रका निर्माता माधव वाग्लेलाई २ करोड ५२ लाख नक्कली नोट पक्राउ गरेको छ। चार ढुंङ्गे स्थित वाग्लेकै कोठामा खानतलासी गरेर एक हजार दरका नक्कली नोट बरामद गरेको हो।
निर्माता वाग्लेले चलचित्र प्रयोजनका लागि नोट छापेको बताएपनि नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नोट छापेको पाईएकाले वाग्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नोटमा फिल्म प्रयोजनका लागि भनेर लेखिएको भए पनि नक्कली नोटमा नोट भरी ‘नक्कली’ भनेर लेख्नु पर्ने प्रहरीले जनाएको छ । यस्तै वाग्लेले नक्कली नोटको प्रयोजन सक्किएर पनि नष्ट नगरेको आरोप प्रहरीले लगाएको छ ।
जेठ १ गते मित्रनगर स्थित सुमधुर क्याफेमा खाजा खाई सुर्खेत घरभई कमलपोखरी बस्ने महेन्द्र वोगटीले वाग्लेले छापेको नक्कली नोट तिर्दा नक्कली नोट बजारमा आएको खुलासा भएको छ । खाजा घरका सञ्चालकको उजुरीका आधारमा प्रहरीले बोगटीबाट १ लाख २० हजार नक्कली नोट र बोगटीको सुचनाका आधारमा सिन्धुली घर भएका सुजित तामाङ्गबाट ७ लाख ४३ हजार नक्कली नोट बरामद गरेको थियो।
अनुसन्धान गर्दै जादाँ प्रहरीले वाग्लेको कोठामा ठुलो परिणाममा नोट बरामद गरेको हो । यता वाग्लेले भने फिल्म प्रयोजन लेखेरै नोट छापिएकाले गलत नियत नभएको बताएका छन् । प्रोडक्सन टिमको साथिको गल्तीले नोट बजारमा गएको उनले प्रहरीलाई बयान दिएका छन् ।