‘हैरान’को ‘दाग छैन अब जूनमा पनि’ -भिडियो

341

इन्द्रेणी न्युज, काठमाडौँ। डान्स फेभरको ब्यानर तथा विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्र ‘हैरान’को गीत सार्वजनिक भएको छ। चलचित्र रिलिज मिति नजिकिए संगै चलचित्र निर्माण पक्षले ‘दाग छैन अब जूनमा पनि’ बोलको गीत इन्टरनेट मार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक उक्त गीतमा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युबराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । निश्मा र गजित विष्ट फिचर्ड गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

कमेडी र एक्सन जनरमा निर्माण भएको चलचित्र ‘हैरान’मा डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता र सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

जेठ ४ गतेबाट सोलो रिलिज हुन लागेको यस चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

Comments

comments