आमिरको ‘महाभारत’मा कृष्णको अवतारमा देखिने छन् ‘सलमान’

700

इन्द्रेणी न्युज
एलि शर्मा,काठमाडौँ ।  यतिबेला बलिउड सुपरस्टार आमिर खानको ड्रिम प्रोजेक्ट “महाभारत” कयौंको चासोको बिषय बनेको छ । यसै क्रममा सलमानले पनि उक्त फिल्ममा काम गर्न इच्छुक रहेको र आमिरले पनि सलमानलाई कृष्णको रोल दिन चाहेको खबर बाहिरिएको छ ।

बलिउडमा मिस्टर पर्फेक्सनिष्ट भनेर चिनिने आमिर खानले केहि समय अघि बाहुबली निर्देशक एस.एस राजामौलीलाई लिएर महत्वकांक्षी फिल्म ‘महाभारत’ बनाउने घोषणा गरेका थिए । भारतका चर्चित ब्यापारी मुकेश अम्बानीले सह निर्माण गर्ने भनिएको ‘महाभारत’ मा यसअघि स्वयं आमिरले कृष्णको भूमिका निभाउने भन्ने खबर आएपनि सलमानले उक्त रोलमा चासो देखाएका कारण आमिरले उक्त रोल सलमानलाई दिने भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

कुल एक हजार करोडको लगानीमा बन्ने उक्त फिल्मको १० बर्षमा पाँचवटा सिरिज रिलिज हुनेछन् । आफुले बनाउने हरेक फिल्ममा कडा मेहनत र लगनशील भएर काम गर्ने आमिरले आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा फोकस गर्नका लागी हालै कुनै पनि फिल्ममा साइन नगरेको बुझिएको छ ।

आमिर हाल नेक्स्ट फिल्म हाल ठग्स अफ हिन्दुस्थान मा व्यस्त छन् । साथै उनले यहि फिल्मका को-स्टार अमिताभ बच्चनलाई पनि महाभारतमा धृतराष्ट्रको भूमीका अफर गरेका छन् । केहि अघि उक्त फिल्ममा दिपिका पादुकोण द्रौपदीको भूमिकामा देखिन सक्ने खबर आएको थियो ।

यस्तैमा आमिर आँफै भने अर्जुनको रोलमा देखिन उत्सुक छन् । यसलाई हेर्दा सहजै अनुमान गर्न सकिन्छ की यस फिल्ममा इन्डस्ट्रिका ठुला-ठुला कलाकारहरु जोडिने छन् ।

भारतमा अहिले सम्मकै ठुलो लगानीमा निर्माण हुन लागेको ऐतीहासिक चलचित्र महाभारत को शुटिङ भने अर्को बर्षबाट सुरु गरिने जनाईएको छ । यसै फिल्म मार्फत बलिउडका दुई सुपरस्टार सलमान खान र आमिर खान २४ बर्ष पछि पुन: एउटै फिल्ममा देखिने भएका हुन् । यी दुई खानले यसअघि १९९४ मा रिलिज भएको ‘अन्दाज अपना अपना’ मा स्क्रिन सेयर गरेका थिए ।

Comments

comments