‘हरि’ट्रेलर सार्वजनिक, विपिनको चार फरक अवतार

543

इन्द्रेणी न्युज,काठमाडौँ- जेष्ट ४ गतेबाट सरेर जेष्ठ १८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘हरी’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र निर्माण युनिटले सो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक उक्त ट्रेलरमा चलचित्रका केहि मुख्य कलाकार अटाएका छन् भने यस चलचित्रको ट्रेलरमा कलाकार विपिन कार्कीलाई अन्य चलचित्र भन्दा फरक रुपमा देख्न सकिन्छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘हरि’मा कलाकार विपिन कार्कीले चार जनाको भूमिका एक्लैले निभाएका छन् भने सफल केसी र प्रतिक गुरुंगको लेखना तथा निर्देशन रहेको चलचित्रमा यज्ञश्वर पौडेल, थक्पा तामाङ्ग र माधव थापा निर्माता र चिन्तनराज भण्डारीको छायांकन रहेको छ।

शुभलक्ष्मी मिल्मस प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा विपिन कार्की, सुनिता श्रेष्ठ ठकुरी, कमलमणि नेपाल, थिन्ले ल्हमो, लक्ष्मी बर्देवा, लोकेन्द्र आचार्या, प्रकाश गन्द्रभ, राम भजन कामत, र सुनिशा बजगाईं लागायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ।

Comments

comments