आर्ट अफ गिभिङंको व्यवहारिक प्रयोग गर्दै चलचित्र निर्देशक दिपा बस्नेत

360

इन्द्रेणी न्युज,काठमाडौँ- चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा आज आर्ट अफ गिभिङं दिवस मनाइएको छ । चलचित्र अन्तराल र श्री ५ अम्बरे जस्ता चलचित्र निर्देशन गरेर चर्चा कमाएकी निर्देशक बस्नेतले केहि वर्षदेखि सामाजिक कार्यसमेत गर्दै आएकी छिन।

मे १७ आर्ट अफ गिभिङ दिवसको अवसर पारेर निर्देशक दिपा लगायत विवेक तिवारी, नविना तामाङ्ग, विक्रम ओली, प्रभात रोय, नारद बाँस्तोला, रामु गैरे र कल्पना गुप्ता सामुहिक रुपमा आफुले सक्दो आर्थीक सहयोग जम्मा गरेका थिए । यसरी जम्मा गरेको रकमले दिब्य सेवा निकेतन (ज्येठ नागरिक आश्रय स्थल) गोल्फुटार, नि ः सहाय सेवा सदन तिनकुनेमा आश्रीत रहेका करीब ११५ आमा बुबाहरुलाई भोजन गराइएको थियो ।

त्यसै चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिकालाई एक दिनको खाना उपलब्ध गराइएको थियो भने अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनको लागी दिवा खाजा बाँडिएको थियो ।

आज मे १७ मा विश्वभर आर्ट अफ गिभिगं दिवस मनाइएको र आजै मात्रै विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको कुरा आर्ट अफ गिभिङ दर्शनका प्रतिपादक डा. अच्युत सामन्तले बताएका छन् ।

Comments

comments